चीनमा पहिलो उच्च भोल्टेज एसी/डीसी हाइब्रिड पावर ग्रिड परियोजना सुरु

  • Technology Khabar | १० आश्विन २०८१, बिहीबार
चीनमा पहिलो उच्च भोल्टेज एसी/डीसी हाइब्रिड पावर ग्रिड परियोजना सुरु

काठमाडौं ।

चीनले बुधबार जियाङ्सु प्रान्तमा आफ्नो पहिलो उच्च भोल्टेज अल्टरनेटिङ्ग करेन्ट (एसी) र डाइरेक्ट करेन्ट (डीसी) हाइब्रिड पावर ग्रिड परियोजनाको निर्माण सुरु गरेको छ।

यस परियोजनाले ह्वाईआन र दान्याङका दुई शहरहरूलाई जोड्नेछ । लगभग २२८ किलोमिटर डीसी प्रसारण लाइनहरू अवस्थित पावर ग्रिडमा थप्नेछ। यसको दुवै छेउमा दुई प्लस–माईनस दुई सय केभी कन्भर्टर स्टेशनहरू निर्माण गरिने छ।

सन् २०२६ मा सम्पन्न भएपछि उक्त आयोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

चीनको वर्तमान मुख्य पावर ग्रिड मुख्यतया एसी पावर ग्रिडहरू मिलेर बनेको छ। यद्यपि, एसी ट्रान्समिशनको तुलनामा समान भोल्टेज स्तरमा डीसी प्रसारणले ठूलो मात्रामा पावर पठाउन सक्छ।

एक पटक सञ्चालनमा आएपछि उक्त परियोजनाले जियाङ्सुमा उत्तर–देखि–दक्षिण पावर ट्रान्समिशनको दबाबलाई उल्लेखनीय रूपमा कम गर्नेछ। यस परियोजनाले हाइब्रिड ग्रिड प्रविधिहरूको प्रयोगलाई थप विस्तार गर्ने र स्वच्छ, कम कार्बन, सुरक्षित र कुशल ऊर्जा प्रणालीको विकास गर्न मद्दत गर्नेछ।

चीनले भर्खरै हाइब्रिड एसी/डीसी पावर ग्रिडहरू सहित प्रमुख ऊर्जा क्षेत्रहरूमा उन्नत प्रविधिहरू प्रवर्द्धन गर्ने योजना जारी गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher

  • Technology Khabar
  • १० आश्विन २०८१, बिहीबार