अपडेटपछि इसेवाको एप गुगल प्लेस्टोरमा फर्कियो

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
अपडेटपछि इसेवाको एप गुगल प्लेस्टोरमा फर्कियो

काठमाडौं ।

मोबाइल वालेट सेवा प्रदायक इसेवाको एप गुगल प्लेस्टोरमा फर्किएको छ। यसअघि वालेटको एप गुगल प्ले स्टोरबाट हराएपछि चर्चामा आएको थियो।

केही समयअघि सम्म सामान्यरुपमा चलिरहेको एप अकस्मात् प्लेस्टोरमा नदेखेपछि प्रयोगकर्तामा अन्योल छाएको थियो। आफ्नो डिभाइसमा इन्स्टल भएको एपले समान्य तरिकाले काम गरिरहेको तर प्लेस्टोरबाट हटेको देखेपछि प्रयोगकर्तामा केही अन्योल छाएको हो।

अब कम्पनी आफैंले इसेवा पुनः गुगल प्लेस्टोरमा उपलब्ध रहेको जानकारी दिएको छ। कम्पनीले भर्खरै उक्त एप गुगल प्लेस्टोरमा फर्किएको सोशल मिडियामार्फत जानकारी दिएको हो।

“हजुरहरुको इसेवा पुन: Google PlayStore मा उपलब्ध रहेको जानकारी गराउन चाहन्छौँ l हामी हाम्रो सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूले देखाउनु भएको सदीक्षा प्रति आभारी छौं।” इसेवाले भनेको छ।

यसअघि एण्ड्रोइडको नीति अनुसार यो एप प्लेस्टोरमा फर्कन २४ घण्टा लाग्ने इसेवाका एक अधिकारीले बताएका थिए। उनले भनेका थिए,’इसेवा यसअघि प्राइभेट लिमिटेडमा भएकोमा अब पब्लिक कम्पनीमा परिणत भएकाले त्यससँग सम्बन्धित विवरण एप स्टोरमा अपडेट गर्नुपर्ने हुन्छ। यसरी अपडेट गर्दा एण्ड्रोइडले अस्थायी रुपमा यस्ता एपहरुलाई प्लेस्टोरमा नदेखिने बनाउँछ। काम भइसकेपछि एक पटक प्लेस्टोरबाट हटाइएको एप पुन: फर्कन २४ घण्टाको समय लाग्ने नीति छ।’

कम्पनीको नाम इसेवा प्रालिबाट इसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट गर्ने कार्यले गर्दा उक्त एप केहि समयका लागि हटेको थियो।

सम्बन्धित समाचार-

प्ले स्टोरबाट अचानक किन हट्यो इसेवा एप? कहिले फर्केला?

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार