चौथो त्रैमासमा माइक्रोसफ्टको क्लाउड र सर्भरसम्बद्ध उत्पादनले दिलाए मुनाफा

  • Technology Khabar | २० श्रावण २०८१, आईतवार
चौथो त्रैमासमा माइक्रोसफ्टको क्लाउड र सर्भरसम्बद्ध उत्पादनले दिलाए मुनाफा

काठमाडौं ।

माइक्रोसफ्टले हालै आर्थिक वर्ष सन् २०२४ को चौथो त्रैमासको आर्थिक विवरण सार्वजनिक गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०२४ को चौथो त्रैमासमा समग्रमा ६४ अर्बभन्दा बढी साथै खुद आम्दानी २२ अर्ब डलर कमाएको छ। यो आँकडा अनुसार कम्पनीको आम्दानी १५ प्रतिशतले तथा खुद नाफा १० प्रतिशतले बढेको हो ।

अन्तरराष्ट्रिय समाचार संस्था द भर्जका अनुसार माइक्रोसफ्टको इन्टेलिजेन्ट क्लाउडको आम्दानी समग्रमा २८.५ अर्ब डलर तथा वार्षिक वृद्धिदर १९ प्रतिशतको रहेको छ । इन्टेलिजेन्ट क्लाउडमा सर्भर तथा क्लाउड सेवाहरु पर्दछन्।

कम्पनीको यो भागको आम्दानीले समग्र आम्दानीको ४५ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीको क्लाउड क्षेत्रको आम्दानी मजबुत हुँदै जाँदा कञ्जुमर डिभाइसको आम्दानी भने निकै ओरालो लागेको छ।

एक्सबक्सको हार्डवेयरमार्फतको आम्दानी पनि यो पटक पनि ओरालो लागेको छ र सर्फेसको आम्दानी भने यसपटक लगातार सातौं त्रैमासका लागि खस्किएको समाचारमा उल्लेख छ।

प्रकाशित: २० श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २० श्रावण २०८१, आईतवार