एप्लिकेसन

नमस्ते पे मार्फत उडान टिकट र इन्टरनेट बिल भुक्तानी गर्दा नगद फिर्ता

नमस्ते पे मार्फत उडान टिकट र इन्टरनेट बिल भुक्तानी गर्दा नगद फिर्ता
Global IME Bank

नमस्ते पेले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ। यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ।

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने उडानकर्ताहरूले प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन्। क्यासब्याक प्रति टिकट मान्य छ र प्रति लेनदेनमा सीमित छैन तसर्थ उडानकर्ताहरूले जति धेरै टिकट खरिद गर्नुहुनेछ, उति नै बढी क्यासब्याक प्राप्त गर्नुहुनेछ। त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५% अथवा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्। यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु पर्दैन।

Sajilo Visa
easy care