
काठमाडौं ।
काठमाडौँ महानगरपालिका–२३ वडाभित्रका सम्पदा क्युआर कोड प्रविधिबाट हेर्न र सुन्न पाईने भएको छ।
कामपा २३ वडाले बुधबार आयोजित २३ वडाभित्रका बाहाःबहि को क्युआर कोड प्रविधिबाट विस्तृत जानकारी दिने प्रणाली उद्घाटन नगर उपप्रमुख सुनिता डङ्गोलले गरेकी हुन्।
वसन्तपुरस्थित कुमारीघरमा क्युआर कोड राखिएको छ जसमा स्क्यान गरेर २३ वडाको सम्पूर्ण सम्पदा थाहा पाउन सकिन्छ।
संवर्धन संस्थाको सहकार्यमा निर्माण गरिएको क्युआर कोडबाट मोबाइलबाट स्क्यान गरेपछि सम्पूर्ण सम्पदा जानकारी हेर्न र सुन्न सकिने छ।
प्रकाशित: २२ चैत्र २०८०, बिहीबार