एमडीएमएसमा खरिद विज्ञको राय तथा सुझाव प्राप्त गरी भुक्तानी दिएको प्राधिकरणको खुलासा

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
एमडीएमएसमा खरिद विज्ञको राय तथा सुझाव प्राप्त गरी भुक्तानी दिएको प्राधिकरणको खुलासा

काठमाडौं ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को विषयमा खरिद विज्ञ सुरेश प्रधानको हस्ताक्षर क्रप गरेर राखिएको र किर्ते गरिएको भन्ने विषयलाई खण्डन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरब गिरीको समितिले खरिद विज्ञको प्रतिवेदनमा दस्तखत क्रप गरेर ल्याई सरकारी कागजात किर्ते जालसाजी गर्ने सम्बन्धमा थप छानबिन गरी कारबाही गरिनुपर्ने सुझाब दिएको थियो।

सोही विषय संचारमाध्यमहरुमासमेत उल्लेख भएको थियो।

प्रेस नोट जारी गर्दै सुरेश प्रधानले [email protected] इमेल मार्फत सन् २०१९ मे ६ तारिख सोमबार ११:१४ बजे राय तथा सुझाव प्राप्त भएको र उनलाई ४० हजार रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले उल्लेख गरेको छ।

“राय तथा सुझाव प्राप्त भए वापत निजलाई कर बाहेक ४० हजार रुपैयाँ निजको एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा खातामार्फत भुक्तानी समेत भएको व्यहोरा जानकारीको लागि अनुरोध छ। साथै निजको प्रतिवेदनको प्रकाशित भएको तथ्यहिन, भ्रामक तथा चरित्र हनन् गर्ने समाचारलाई प्राधिकरण खण्डन गर्दछ,” प्रेस नोटमा भनिएको छ।

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार