
काठमाडौं ।
चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्याटेलाइट इन्टरनेट प्रविधिको परीक्षण भूउपग्रह प्रक्षेपण गरेको छ।
लङ मार्च-२सी क्यारियर रकेटद्वारा बिहान ८:१३ बजे (बेइजिङ समय) भूउपग्रह प्रक्षेपण गरिएको थियो र सफलतापूर्वक आफ्नो पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको थियो।
सिन्ह्वाको रिपोर्टअनुसार यो लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५०५ औं उडान अभियान थियो।
चीनले इलन मस्कको जस्तै स्टारलिंक कन्स्टलेशन बनाउने योजना गरेको छ। जसको तयारी स्वरुप सो स्याटेलाइट लन्च गरिएको बताईएको छ।
प्रकाशित: १६ पुष २०८०, सोमबार