यी हुन् २०२४ मा लन्च हुने बहुप्रतिक्षित पाँच स्मार्टफोन

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
यी हुन् २०२४ मा लन्च हुने बहुप्रतिक्षित पाँच स्मार्टफोन

काठमाडौं ।

गत वर्ष २०२३ मा विभिन्न ब्राण्डको चर्चित स्मार्टफोनहरु लन्च भएका छन्। गत वर्ष आईफोन १५ सिरिज, सामसङ एस२३ सिरिज, पिक्सेल ८ सिरिज लगायत लोकप्रिय स्मार्टफोनहरु लन्च भएका थिए।

२०२४ सुरु भएसँगै धेरै ब्रान्डहरुले आफ्नो प्रभुत्व कायम राख्न तथा स्मार्टफोन प्रयोगकर्तामा आफ्नो लोकप्रियता घट्न नदिन थप नयाँ र परिष्कृत स्मार्टफोन लन्च गर्दैछन्।

२०२४ मा लन्च हुने केही चर्चित स्मार्टफोन

एप्पल आईफोन १६ सिरिज
एप्पलले आधिकारिक रूपमा आफ्नो फ्ल्यागशिप आईफोन १६ स्मार्टफोन सिरिजको लन्च मिति पुष्टि गरेको छैन। तर हालको इतिहास आधारमा कम्पनीले सेप्टेम्बर २०२४ मा आफ्नो प्रिमियम स्मार्टफोनहरू लन्च गर्ने निर्णय गर्न सक्छ।

ब्लूमबर्गको मार्क गुरम्यान नोभेम्बरको रिपोर्टमा कपर्टिनोमा आधारित टेक जायन्टले धेरै नयाँ हार्डवेयर आईफोन १६ सिरिजमा नदिने सुझाव दिएका छन्। कम्पनीले नयाँ ग्राहकहरूलाई आकर्षित गर्न आईओएस १८ अपरेटिङ सिस्टमको साथ सफ्टवेयर डिपार्टमेन्टमा जेनेरेटिभ एआई–आधारित अपग्रेडहरू दिन सक्छ।

वानप्लस १२
वानप्लस १२ सिरिज २०२४ जनवरी २३ मा भारतमा लन्च हुँदैछ। चिनियाँ स्मार्टफोन निर्माताले पनि वानप्लस १२आर र वानप्लस १२ एकैसाथ लन्च गर्ने पुष्टि गरेको छ।

१२० हर्ज रिफ्रेस रेट र एचडीआर१०प्लस सपोर्टका साथ वानप्लस १२ मा फ्लुइड एएमओएलईडी प्रविधिको प्रयोग गरिने ६.८२ इन्चको डिस्प्ले हुनेछ। फोनको रिजोल्युसन १४४० वाई ३१६८ पिक्सेल छ। पिक्सेल डेनसिटी ५५७ पिक्सेल प्रति इन्च छ। स्क्र्याच र ड्रपहरू विरुद्ध स्थायित्वको लागि डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको छ।

एडभान्स ५एनएम प्रक्रिया उपयोग गर्दै स्मार्टफोन क्वालकम स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरमा सञ्चालन हुन्छ।

सामसङ ग्यालेक्सी एस२४
कोरियाली स्मार्टफोन निर्माताले आधिकारिक रुपमा आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनहरुको लन्च मिति पुष्टि गरेको छ। विभिन्न रिपोर्टका अनुसार सामसङ ग्यालेक्सी एस२४ को लन्च इभेन्ट २०२४ जनवरी १७ मा आयोजना हुन सक्छ।

पहिलेका रिपोर्टहरूले सुझाव दिएका थिए कि एस२४ सिरिज लन्च हुनु अघि सामसङले यूके र युरोपमा ’एआई फोन’ र ’एआई स्मार्टफोन’ सहित धेरै आर्टिफिसियल इन्टेलिजेन्स–सम्बन्धित ट्रेडमार्कहरूको लागि आवेदन दायर गरेको छ,। जसले एआई–सम्बन्धित फिचर हुने संकेत गर्दछ। जुन आगामी स्मार्टफोनहरूमा समावेश हुन सक्छ।

शाओमी १४प्रो
शाओमी १४ प्रो चिनियाँ स्मार्टफोन निर्माताले २०२३ को अक्टोबरमा लन्च गरेको थियो। यद्यपि, विभिन्न रिपोर्टहरूले शाओमीको प्रिमियम स्मार्टफोन मोबाइल वर्ल्ड कांग्रेस २०२४ मा लन्च हुने संकेत गर्दछ। यो इभेन्ट २०२४ फेब्रुअरीमा आयोजना हुँदैछ। शाओमी १४ प्रोमा क्वालकम स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर र डब्ल्यूक्यूएचडीप्लस रिजोल्युसनका साथ ६.७ इन्चको डिस्प्ले, ३ हजार निट पिक ब्राइटनेस र ५२२पीपीआईको पिक्सेल डेनसिटी रहेको छ।

प्रिमियम स्मार्टफोनमा रहेने ४८८० एमएएच ब्याट्रीले १२० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ।

शाओमी १४ प्रो एफ/१.४२ को भेरियबल एपर्चरको साथ ५० मेगापिक्सल लाइट हन्टर सेन्सरको साथ उपलब्ध हुनेछ। अन्य क्यामरामा ५० मेगापिक्सल टेलिफोटो लेन्स, ५० मेगापिक्सल अल्ट्रा–वाइड–एंगल लेन्स र ३२ मेगापिक्सल सेल्फी शूटर समावेश छ।

भिभो एक्स१०० सिरिज
भिभोले भिभो एक्स१०० र भिभो एक्स१०० प्रो स्मार्टफोन २०२४ जनवरी ४ मा भारतमा डेब्यू हुने आधिकारिक रुपमा पुष्टि गरेको छ। यी दुई स्मार्टफोनहरू नोभेम्बरमा चीनमा लन्च गरिएका थिए र त्यसबेलादेखि नै स्मार्टफोनको विश्वव्यापी डेब्यूको बारेमा अनुमानहरू चलिरहेको छ।

भिभो एक्स१०० र भिभो एक्स१०० प्रो सिरिजहरु दुवै मिडियाटेक डाइमेनसिटी ९३०० प्रोसेसरद्वारा ४–न्यानोमिटर प्रक्रियामा अधारित छन्। र, यसमा १२० हर्ज एडप्टिभ रिफ्रेस रेट, २१६० हर्ज पीडब्लूएम डिमिङ र पीई३०० को ब्राइटनेसको लागि सपोर्ट सहित ६.७८ इन्च कर्भ एएमओएलईडी डिस्प्ले रहेको छ।

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...