
काठमाडौं ।
चीनमा अनर एक्स५० सार्वजनिक भएको छ। अनर एक्स५० प्रो ६.७८ इन्चको १२० हर्ट्ज ओएलईडी स्क्रीन, १९२० हर्ज पीडब्ल्यूएम डिमिङ र १० बिट कलर सपोर्ट र एमबेडेड फिङगरप्रिन्ट सेन्सरका साथ उपलब्ध छ।
यसमा एलटीपीओ प्यानल छैन। त्यसै यो केवल ६० हर्ज र १२० हर्जबीचमा स्वीच हुन्छ।
फोन क्वालकम स्न्यापड्रागन ८ प्लस जेन चिप सेटमा उपलब्ध छ। यद्यपि अनर एक्स५० मा १०८ मेगापिक्सलको मुख्य क्यामराका साथ एफ/१.७५ अपर्चर र १/१.६७ इन्चको टाइप सेन्सर छ। ठूलो क्यामरा रिङको अर्को तर्फ सजावटी २ मेगापिक्सल सेन्सर पनि छ। जुन ठूलो क्यामरा आईल्याण्डको हिस्सा हो। त्यहाँ सेन्सर मात्र हुन्थ्यो भने यसको कुनै अर्थ नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
खाली ठाउँका लागि क्यामरा आईल्याण्डमा ‘म्याट्रिक्स एआई भिजन क्यामरा’ इनस्क्रिप्सन पनि छ र माथि एक मलटीपल एलईडी फ्ल्यास ऐरे छ। एफ/२.० एपर्चरको साथ ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। फोनमा ३५ वाट चार्जिङ सपोर्ट गर्ने ५ हजार ८०० एमएएचको ब्याट्री छ।
ह्याण्ड सेट एन्ड्रोइड १३ को म्याजिकओएस ७.२ मा सञ्चालन हुनेछ। १द्द जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध अनर एक्स५० को मूल्य ३९५ अमेरिकी डलर तोकिएको छ। फोन हालका लागि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छैन।
प्रकाशित: १६ पुष २०८०, सोमबार