
काठमाडौं ।
एरिक्सनले २०२३ को अन्त्यसम्ममा पाँच मध्ये एक मोबाइल सब्सक्राइब फाइभजी हुने भविष्यवाणी गरेको छ।
एरिक्सनको पछिल्लो मोबिलिटी रिपोर्टले २०२३ मा ६१ करोड नयाँ फाइभजी सदस्यताहरू हुने जनाएको छ, जसले मोबाइल बजारमा ५जी को हिस्सा २० प्रतिशतमा ल्याउने संकेत गर्दछ।
नोभेम्बर २०२३ एरिक्सन मोबिलिटी रिपोर्टले फाइभजी सदस्यताहरू वार्षिक आधारमा ६३ प्रतिशतले वृद्धि हुने भविष्यवाणी गरेको छ।
यसले विश्वव्यापी सदस्यताहरू १.६ अर्बमा धकेल्नेछ, जुन एरिक्सनको अघिल्लो पूर्वानुमान भन्दा लगभग १०० मिलियन बढी हो।
यस्तै २०२३ र २०२९ को अन्त्य बीचको छ वर्षहरूमा, विश्वव्यापी फाइभजी सदस्यताहरू १.६ बिलियन बाट ५.३ बिलियनमा ३३० प्रतिशत भन्दा बढिले बढ्ने प्रक्षेपण गरिएको छ। ५जी कभरेज २०२३ को अन्त्य सम्म विश्व जनसंख्याको ४५ प्रतिशत भन्दा बढी र २०२९ को अन्त्यसम्ममा ८५ प्रतिशतमा उपलब्ध हुने प्रक्षेपण गरिएको छ।
“यस वर्ष विश्वव्यापी रूपमा ६०० मिलियन भन्दा बढी ५जी सदस्यताहरू थपिएको र हरेक क्षेत्रमा वृद्धि भएकोले यो स्पष्ट छ कि उच्च-परफरमेन्सयुक्त कनेक्टिभिटीको माग बलियो छ,” इरिक्सनका कार्यकारी उपाध्यक्ष र नेटवर्क प्रमुख फ्रेडरिक जेज्डलिङले भने।
प्रकाशित: १६ मंसिर २०८०, शनिबार