भुक्तानी तथा वित्तीय संस्थाको सञ्चालकले अर्को संस्थामा प्रतिनिधित्व गर्न नपाउने

  • Technology Khabar | ५ मंसिर २०८०, मंगलवार
भुक्तानी तथा वित्तीय संस्थाको सञ्चालकले अर्को संस्थामा प्रतिनिधित्व गर्न नपाउने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमपतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक/पदाधिकारीले भुक्तीनीसम्बन्धी कार्य गर्ने अर्को संस्थामा प्रतिनिधित्व गर्न नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० मा यस्तो व्यवस्था गरिएको हो।

राष्ट्र बैंकको निर्देशनमा लेखिएको छ, ‘यस बैंकबाट अनुमतिपत्र/इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषणकम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक/पदाधिकारीको रुपमा बहाल रहेको व्यक्ति एकै पटक अन्य भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन पाउने छैन।’

तर कुनै अनुमतिपत्रप्राप्त संस्थामा भुक्तानीसम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उपर्युक्त व्यवस्थाले वाधा नपुग्ने निर्देशनमा लेखिएको छ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...