
काठमाडौं ।
एप्पलका सह–संस्थापक स्टीभ वोज्नियाक मेक्सिकोको अस्पतालमा रहेको बीबीसीले उल्लेख गरेको छ।
उनी अस्पताल पुग्नुको कारण के हो भन्ने अहिले नै स्पष्ट भइसकेको छैन। ७३ वर्षीय वोज्नियाक मेक्सिको सिटीमा वल्र्ड बिजनेस फोरम (डब्ल्यूबीएफ) व्यापार सम्मेलनमा सहभागी हुन पुगेका थिए।
डब्ल्यूबीएफको एक अज्ञात स्रोतका अनुसार वोज्नियाक कार्यक्रमको दौरान बुधबार दिउँसो बेहोस भएको सीएनएनले उल्लेख गरेको छ।
प्राविधिक संसारमा वोज को रूपमा परिचित, वोज्नियाक एक सिलिकन भ्याली दिग्गज हुन् जसले १९७६ मा स्टीव जब्ससँग एप्पलको सह–स्थापना गरे र पहिलो एप्पल कम्प्युटरको आविष्कार गरेका थिए।
एप्पल संसारको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको छ।
प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार