
काठमाडौं ।
अमेजनले एक महत्वाकांक्षी ठूलो भाषा मोडेल (एलएलएम) लाई तालिम दिन लाखौं लगानी गरिरहेको छ। यसले ओपनएआई र अल्फाबेटका शीर्ष मोडेलहरूलाई प्रतिस्पर्धा गर्न सक्छ आशा गरिएको यस विषयमा परिचित दुई व्यक्तिले रोयटर्सलाई बताएका हुन्।
“ओलम्पस“ कोडनाम रहेको मोडेलमा २ ट्रिलियन प्यारामिटरहरू छन्। जसले यसलाई प्रशिक्षित गरिएको सबैभन्दा ठूलो मोडेलहरू मध्ये एक बनाउन सक्ने ती मानिसहरुको दाबी छ।
हाल उपलब्ध मोडल मोडेल मध्ये ओपनएआई जीपीटी–४ लाई उत्कृष्ट मानिन्छ। यसमा एक ट्रिलियन प्यारामिटरहरू भएको रिपोर्ट गरिएको छ।
परियोजनाको विवरण अझै सार्वजनिक नभएकाले नाम नखुलाउने सर्तमा ती मानिसहरूले यी जानकारी दिएको रोयटर्सले लेखेको छ।
टोलीको नेतृत्व एलेक्साका पूर्व प्रमुख रोहित प्रसादले गरेका छन्, जसले अब सीईओ एन्डी ज्यास्सीलाई रिपोर्ट गर्छन्।
अमेजनमा आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई)को प्रमुख वैज्ञानिकको रूपमा, प्रसादले एलेक्सा एआई र अमेजन विज्ञान टोलीमा काम गरिरहेका थिए। समर्पित स्रोतहरूसँग कम्पनीभर एआई प्रयासहरूलाई एकताबद्ध गर्दै प्रशिक्ष्ण मोडलमा काम गर्न सकियोस्।
अमेजनले पहिले नै टाइटन जस्ता साना मोडेलहरूलाई प्रशिक्षण दिइसकेको छ। कम्पनीले एआई मोडेल स्टार्टअपहरू जस्तै एन्थ्रोपिक र एआई२१ ल्याबहरूसँग साझेदारी गरेको छ। जसले अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) प्रयोगकर्ताहरूलाई प्रदान गर्छ।
प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार