
काठमाडौं ।
आईफोन निर्माता टेक जायन्ट एप्पल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रेसमा प्रवेश गर्दै नयाँ च्याटबट विकासमा लाखौं डलर खर्च गरिरहेको छ।
भर्खरैका रिपोर्टहरू अनुसार, एप्पलले एआई सुविधाहरूमा हरेक दिनमा लाखौं डलर खर्च गरिरहेको उल्लेख छ।
एप्पलले हाल एजक्स नामक च्याटबोटमा पनि काम गरिरहेको बताइएको छ। उक्त च्याटबोट ओरिजिनल च्याटजीपीटी ३.५ भन्दा बढी सक्षम भएको मानिएको छ। यसलाई २०० बिलियन प्यारामिटरहरूमा तालिम दिइएको उल्लेख छ।
यद्यपि, यी प्रयासहरू कुनै पनि सस्ता भने छैनन्। हालैका रिपोर्टहरूका अनुसार, कम्पनीले सिरीमा एआई क्षमताहरू थप्न र यसको अजक्स च्याटबोट विकास गर्न लाखौं डलर खर्च गरिरहेको छ।
ठूला भाषा मोडलहरूलाई प्रशिक्षण दिन धेरै हार्डवेयर चाहिनु यसको मुख्य कारण रहेको बताइएको छ।
यसअघि ओपनएआईले जीपीटी-४ विकास गर्न अमेरिकी डलर १०० मिलियन भन्दा बढी खर्च गरेको उल्लेख छ।
प्रकाशित: २३ भाद्र २०८०, शनिबार