माइक्रोसफ्टद्वारा वर्डप्याड अन्त्यको घोषणा

  • Technology Khabar | १८ भाद्र २०८०, सोमबार
माइक्रोसफ्टद्वारा वर्डप्याड अन्त्यको घोषणा

काठमाडौं ।

माइक्रोसफ्ट आधारभूत डकुमेन्ट एडिटर वर्डप्याड १९९५ देखि सञ्चालनमा रहेको थियो। वर्डप्याड विन्डोज९५ देखि सुरु भइस माइक्रोसफ्ट विन्डोजका लगभग सबै भर्सनमा उपलब्ध छ। वर्डप्याड मुख्याता आधाभूत फर्मम्याटिङमा टेक्स्ट डकुमेन्ट एडिटिङ गर्नका लागि प्रयोग हुने गर्छ।

माइक्रोसफ्टले विगतका वर्षको निरन्तर अपडेट र फिचर्स दिइरहेको छ। तर पछिल्लो रिपोर्टहरूले वर्डप्याड बन्द हुने सुझाव दिने गिज्मोचाइनाले उल्लेख गरेको छ।

जेन्नोद्वारा एक्समा भर्खरको पोष्टले संकेत गर्दछ कि वर्डप्याडले अब माइक्रोसफ्टबाट कुनै पनि अपडेट प्राप्त गर्दैन र विन्डोजको भविष्यको रिलीजमा हटाइनेछ। भविष्यका विन्डोजहरू कहिले रिलिज हुनेछन् भन्ने पुष्टि हुन बाँकी छ। यद्यपि, लीक्सहरुका अनुसार विन्डोज१२ सम्भवत २०२४ को अन्तमा रिलीज हुनेछ।

पोस्टले टेक्स्ट डकुमेन्टका लागि माइक्रोसफ्ट वर्ड प्रयोग गर्न सिफारिस गरेको छ। विन्डोज१२ हाल विकासको क्रममा छ र महत्वपूर्ण प्लेटफर्म अपग्रेडका साथ आउने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: १८ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १८ भाद्र २०८०, सोमबार