टेस्लाको नयाँ भी४ सुपरचार्जर चाँडै बेलायतमा उपलब्ध हुने

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
टेस्लाको नयाँ भी४ सुपरचार्जर चाँडै बेलायतमा उपलब्ध हुने

काठमाडौं ।

टेस्लाको नयाँ भी ४ सुपरचार्जर चाँडै बेलायतमा उपलब्ध हुने भएको छ। आफ्नो पहिलो भी ४ सुपरचार्जिङ स्टेशन स्थापनासँगै टेस्लाको भी ४ सुपरचार्जर चाँडै नै बेलायतमा उपलब्ध हुने भएको हो।

यसको यूजर फ्रेन्ड्लिनेसले नयाँ इन्सटलेसनलाई अलग बनाउने बताइएको छ। पहिलो पटक, टेस्लाले इलेक्ट्रिक भेहिकल प्रयोगकर्ताहरूको फराकिलो दायरालाई बिना कुनै झन्झट चार्ज गर्न अनुमति दिँदै कार्ड भुक्तानी विधि प्रदान गर्दैछ।

इभीए इङ्गल्याण्डको प्रदर्शनले लागत लगभग यूरो ०.५० प्रति मिनेट, लगभग अमेरीकी डलर ०.६३ यूएसडीमा आउने देखाएको छ। गैर-टेस्ला इभीलाई सीसीएस २ चार्जिङ कनेक्टरमार्फत जडान गर्न तथा प्रयोगकर्ताको कन्ट्याक्टलेस बैंक कार्ड स्वाइप गर्न आवश्यक रहेको उल्लेख छ।

बिस्तारै अन्य ब्रान्डहरूमा यसको स्वामित्वको चार्जिङ नेटवर्क खोल्ने भएकाले यो विकास टेस्लाको लागि गेम-चेन्जर हुनसक्ने बताइएको छ।

भी ४ सुपरचार्जरले छिट्टै उत्तर अमेरिकामा आफ्नो पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। टेस्लाले पहिले नै उनीहरूको सुपरचार्जर नेटवर्कको अझ फराकिलो एप्लिकेसनको लागि मार्ग प्रशस्त गर्दै निर्मित सीसीएस १ एडेप्टरहरूमार्फत यसलाई सम्बोधन गर्ने योजना बनाइरहेको उल्लेख छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ११ भाद्र २०८०, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ११ भाद्र २०८०, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ११ भाद्र २०८०, सोमबार