एप्पलले एम३ म्याक मिनीमा काम गर्दै

  • Technology Khabar | २३ श्रावण २०८०, मंगलवार
एप्पलले एम३ म्याक मिनीमा काम गर्दै

काठमाडौं ।

एप्पलले चाँडै नै आफ्नो नेक्स्ट–जेन एम३ प्रोसेसर रिलिज गर्ने अपेक्षा गरिएको छ। ब्रान्डको विभिन्न प्रोडक्टसका लागि सो चिपसेट उपलब्ध हुनेछ र त्यस मध्येको एउटा नयाँ म्याक मिनी पीसी पनि समावेश रहने अपेक्षा गरिएको छ।

एप्पलले एम३–पावर्ड म्याक मिनी परीक्षण गर्दै
मार्क गुर्मनको पछिल्लो पावर अन न्यूजलेटरमार्फत चिपसेटको बारेमा समाचार आएको हो। हाल यस नयाँ मोडलको क्युपर्टिनो आधारित टेक जायन्टद्वारा परीक्षण भइरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

आगामी म्याक पीसीले १५,१२ पहिचान भएको मोडल नम्बर बोकेको छ। यद्यपि उक्त मोडल ठ्याक्कै मिनी मोडल भए–नभएको स्पष्ट छैन् । उक्त मिस्ट्री एप्पल पीसीमा आठ–कोर सीपीयू र १०–कोर सीपीयू फिचर हुने रिपोर्टमा उल्लेख गरिएको छ। यसबाहेक, यो चिपसेट २४ जीबी र्यामसँग पेयर्ड गरिने र म्याकओएस सोनोमा १४.१ मा संचालन हुने उल्लेख छ।

स्पेसिफिकेसन्स्को सन्दर्भमा, उक्त आगामी चिपसेट एम२–पावर्ड म्याक मिनीको बेस मोडलसँग मिल्दोजुल्दो भएको उल्लेख छ। यद्यपि, बेस मोडल (आधार मोडल) मा भने ८ जीबी र्याम रहेको छ। त्यसैले नयाँ म्याक मिनीमा हाइअर बेस स्टोरेज समावेश हुनसक्ने वा बेस मोडलको हाइअर मेमोरी भेरियण्ट हुन सक्ने भनी उल्लेख गरिएको छ। यसको आधारमा भन्दा एप्पलले संख्यात्मक रुपमा एम३ म्याक्समा काम गरिरहेको र त्यसमा म्याकबुक्स पनि समावेश रहेको छ।

‘यी एम३ म्याकहरू २०२४ को पहिलो वित्तीय त्रैमासिक अघि बजारमा रिलिज हुने सम्भावना छ’, गुर्मनले भने। साथै यो विवरण गीज्मोचाइनाको अघिल्लो रिपोर्टसँग पनि मिल्दोजुल्दो भएको उल्लेख छ।

यद्यपी कम्पनीले म्याक प्रो र म्याक स्टुडियोको एम३ भर्सन्स्मा पनि काम गरिरहेको छ कि छैन भन्ने विषय अझै अज्ञात रहेको छ।

प्रकाशित: २३ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार