
काठमाडौं ।
हुन्डाई र क्वालकमले सन् २०११ देखिसँगै काम गरिरहेका छन्। दुई कम्पनीहरूले अब पर्पोज–विल्ट भेहिकल्स (उद्देश्यले निर्मित गाडीहरू) विकास गर्न काम गर्ने र त्यसमा इन्फोटेनमेन्टको जिम्मेवारी क्वालकमलाई दिइएको एरिनाईभीले उल्लेख गरेको छ।
पर्पोज–विल्ट भेहिकल्स (उद्देश्य–निर्मित सवारी साधनहरू) प्राय जसो यातायात क्षेत्र, लोजिस्टिक्स, हेल्थकेयर (स्वास्थ्य सेवा) र अन्य व्यावसायिक गतिविधिहरूमा विशेष उद्देश्यका लागि उत्पादन गरिने गरिएका सवारीहरू साधनहरू हुन्। क्वालकमले आफ्नो स्न्यापड्रागन अटोमोटिभ ककपिट प्लेटफर्मस्लाई कनेक्टेड र स्मार्ट यूजर एक्सपिरियन्सको लागि बोर्डमा एकीकृत गर्नेछ।
पछिल्लो जेनरेशनको स्न्यापड्रागन अटोमोटिभ ककपिट प्लेटफर्मस् प्रभावकारीरुपमा पावर खपत कम गर्दै उत्कृष्ट ग्राफिक्स, अडियो र समग्र मल्टिमिडिया एक्सपिरियन्स (अनुभव) प्रदान गर्ने टेक जायन्टको दाबी रहेको छ। कम्पनीको एआई इन्जिन र मेसिन लर्निङ्ग इन्टिग्रेसनले भर्चुअल असिस्टेन्स, एड्याटिभ ह्युम्यान इन्टरफेस जस्ता फिचर्स समर्थन गर्नुका साथै भ्वाइस कमाण्डहरुको लागि प्राकृतिक भाषा पनि पहिचान गर्नसक्ने उल्लेख छ।
त्यसैगरी क्वालकमको इन्फोटेनमेन्ट सिस्टमले सुसज्जित कारहरूले समयमै सफ्टवेयर अपडेट र इन्टरप्टेड कनेक्टिभिटीबाट पनि फाइदा लिन सक्नेछन्। साथै सिस्टमले इम्प्रुभ्ड लोकेसन सर्भिस र इमर्जेसी कल्स (सुधारिएको स्थान सेवाहरू र आपतकालीन कलहरू) को लागि डुअल सिम क्षमताहरूलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
थप रूपमा, सफ्टवेयरले कम्पनीहरूलाई उनीहरूको फ्लीटको ट्रयाक रेकर्ड राख्न र उक्त सवारी साधनहरू व्यवस्थापन गर्नका लागि भनेर क्लाउड–बेस्ड इन्टिग्रेसन पनि प्रदान गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: २१ श्रावण २०८०, आईतवार