डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

  • Technology Khabar | ९ श्रावण २०८०, मंगलवार
डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

काठमाडौं ।

विश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ। नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले डीएच गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ।

यसमा चर्चित कोरियन सिरिजहरु डिशहोमको डीएच गो एपमा उपलव्ध रहेको छ। यी कोरियन सिरिजहरुले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

यस्तै डिशहोमको गो एपमा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ। सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ।

‘डिशहोम गो एपमा लाइभ टिभिसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजनामा रहेको जानकारी दिएको छ।

कम्पनीकाअनुसार यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...