ओला इलेक्ट्रिकको पहिलो बाइक अगष्ट १५ मा लन्च हुने

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
ओला इलेक्ट्रिकको पहिलो बाइक अगष्ट १५ मा लन्च हुने

काठमाडौं ।

ओला इलेक्ट्रिक नयाँ सेगमेन्टमा आफ्नो भविष्य खोज्न अग्रसर देखिएको छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक बाइक १५ अगष्ट २०२३ मा प्रस्तुत गर्ने तयारी अघि बढाएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीले यस अघि नै इलेक्ट्रिक बाइक र कार ल्याउने घोषणा गरिसकेको छ।

ओला इलेक्ट्रिकका सीईओ भाविष अग्रवालले नियमित रुपमा आगामी इलेक्ट्रिक बाइकको जानकारी सोशल मिडियामा सेयर गरिरहेका हुन्छन्। यस्तोमा कम्पनीको नयाँ इलेक्ट्रिक बाइक प्रति उपभोक्ताको चासो बढ्नुका साथै चर्चा पनि बटुलिरहेको छ।

कम्पनीले पाँच सेग्मेन्ट मिड साइज तथा क्रूजर, स्ट्रीटफाइटर, एडभेन्चर, क्याफे रेसर तथा सुपरस्पोर्ट्स सेग्मेन्ट सहित बजारमा प्रवेश गर्ने योजना बनाएको छ।

ओला इलेक्ट्रिक आफ्नो सावरीका साथै त्यसमा उपलब्ध हुने आधुनिक प्रविधि र फिचर्सका लागि चर्चित छ। प्रिमियम बाइक्स तथा कारमा उपलब्ध हुने फिचर्स कम्पनीले आफ्नो इलेक्ट्रिक स्कुटरमा दिँदै आइरहेको छ।

अब ओला इलेक्ट्रिकले आफ्नो बाइकमा पनि यस्तो नयाँ प्रविधि दिँदैछ। यसमा एक हेलमेट डिटेक्शन सिस्टम पनि हुन सक्छ। यो क्यामरा आधारित सेफ्टी फिचर हुनेछ। यसबाट चालकले बाइक चलाउँदा हेलमेट लगाएको छ कि छैन भनेर पता लाग्नेछ।

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर १५ अगष्ट २०२१ म लन्च गरेको थियो र त्यस पछि एस वान मोडललाई पनि १५ अगष्ट २०२२ मा सार्वजनिक गरिएको थियो। साथै सोही समयमा कम्पनीले इलेक्ट्रिक कार, ब्याट्री इनोभेशन सेन्टर तथा नयाँ फ्यूचरफ्क्याट्री घोषणा गरेको थियो। यस्तोमा कम्पनीको नयाँ इलेक्ट्रिक बाइक १५ अगष्ट २०२३ मा आउने अपेक्षा गरिएको छ।

रिपोर्ट अनुसार ओला इलेक्ट्रिक बाइकले सिंगल चार्जमा ३०० देखि ३५० किलोमिटर रेञ्ज प्रदान गर्नेछ। साथै कम्पनीले ग्राहकको सुविधाका लागि आफ्नो सर्भिस सेन्टर विस्तार गर्ने योजनामा पनि काम गरिरहेको छ।

हाल ओला इलेक्ट्रिक भारतको इलेक्ट्रिक दुई पांग्रे सेग्मेन्टमा नम्बर वान स्थानमा छ। यस सेग्मेन्टमा कम्पनीको बजार हिस्सा ४० प्रतिशत छ। पछिल्लो समय कम्पनीको बिक्री लगातार रुपमा बढ्दो क्रममा छ। कम्पनीले प्रति महिना ३० हजार यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको छ।

रिपोर्टका अनुसार ओलाले यस महिना एस वान लाइनअपमा एक नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने सम्भावना पनि छ। साथै हालको लाइनअपमा दुई नयाँ रंक विकल्प पनि उपलब्ध गराउन सक्छ। ओला इलेक्ट्रिकले ब्याट्री सेल म्यानूफ्याक्चरिङ प्लान्टको निर्माण सुरु गरिसकेको छ।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन नदिएको निहुँमा साथीको हत्या

  • Technology Khabar
  • २८ असार २०८०, बिहीबार