राष्ट्रिय परिचयपत्रको तस्विर खिच्दा संविधान विपरित कार्य भएको भन्दै बाध्यकारी नियम हटाउन सांसदको माग

  • Technology Khabar | १ असार २०८०, शुक्रबार
राष्ट्रिय परिचयपत्रको तस्विर खिच्दा संविधान विपरित कार्य भएको भन्दै बाध्यकारी नियम हटाउन सांसदको माग

काठमाडौं ।

सांसदले राष्ट्रिय परिचय पत्रको लागि तस्विर खिचाउँदा संविधान प्रतिकुल नियम बनाएर भएको भन्दै त्यस्तो कार्य रोक्न माग गरेका छन्।

जनमत पार्टिका सांसद अब्दुल खानले आज स‌ंघिय प्रतिनिधि सभाको बैठकमा बोल्दै तराईका हजारौं महिला पुरुषहरुले परिचय पत्र खिचाउन नमानेको भन्दै तस्विर खिचाउँदा जनताको अधिकार हनन गरेको र सांस्कृतिकरुपमा पनि गलत र बाध्य गराईएको भन्दै त्यसमा रोक लगाउन माग गरेका छन्।

उनले भने, “यो हाम्रो संविधानको धारा २४ २६ र २९ विपरित छ।महिलाहरुले सिन्दुर हटाउनुपर्ने पुरुषहरुले कण्ठि र टिका हटाउनुपर्ने । यस्तो बाध्यकारी गरेर परिचय पत्रको फोटो खिचिन्छ। त्यसैले यस्तो गलत बाध्यकारी नियम हटाउन माग गर्दछु।”

प्रकाशित: १ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...