पहिलो त्रैमासिकमा बीवाईडीको नाफा पाँच गुणाले बढ्यो

  • Technology Khabar | १५ बैशाख २०८०, शुक्रबार
पहिलो त्रैमासिकमा बीवाईडीको नाफा पाँच गुणाले बढ्यो

काठमाडौं ।

चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडीको नाफा पाँच गुणाले बढेको छ। कम्पनीले बिहीबार प्रकाशित गरेको २०२३ को पहिलो त्रैमासिक रिपोर्टमा बीवाईडीको नाफा पाँच गुणाले बढेको देखिएको हो। घरेलु बजारमा राम्रो व्यवसाय गर्न सफल भएकाले कम्पनीको नाफामा उल्लेखनिय वृद्धि भएको हो।

यस वर्षको पहिलो तीन महिनामा कम्पनीको खुद नाफा ४.१३ बिलियन युआन (५९६.५६ मिलियन अमेरिकी डलर) रहेको छ। अघिल्लो वर्षको ८०८.४१ मिलियन युआनको तुलनामा ४१०.९ प्रतिशते बढेर १२०.१७ अर्ब युआनमा ७९.८ प्रतिशतले बढेको कम्पनीको स्टक मार्केट फाइलिङमा उल्लेख छ।

शेन्जेनमा आधारित कम्पनी, जसका लगानीकर्ताहरूमा वारेन बफेटको बर्कशायर ह्याथवे समावेश छ। जसले चीनमा यस वर्षको पहिलो त्रैमासिकमा फक्सवागन–ब्रान्डेड कारहरूलाई बाहिर बेचेको रोयटर्सले विश्लेषण गरेको चीन एसोसिएशन अफ म्यानूफ्याक्चरको डाटा अनुसार।

डायनेस्टी र ओसियन सिरिजको प्लग इन हाइब्रिड र प्योर ईभी कार बाहेक बीवाईडीले पहिलो त्रैमासिकमा ५ लाख ५२ हजार ७६ नयाँ ऊर्जा सवारी साधनहरु बेचेको छ। जुन वार्षिक रुपमा ९२.८१ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीले २०२२ मा १.८६ मिलियन भन्दा बढी गाडी बिक्री गरेको छ। जसमा अधिकतम चीनमा छ।

टेस्लाद्वारा सुरु गरिएको प्राइस वारमा बीवाईडी सहित अन्य चिनियाँ ब्रान्डहरुसँग सामेल भएको छ। कम्पनीले मार्चमा सङ प्लस र सिल ईभीमा छुट प्रदान गर्न सुरु गरेको छ।

मूल्य कटौतीले अटोमेकरहरुको अम्दानी घटेको छ। पहिलो त्रैमासिकमा टेस्लाको कुद नाफा २४ प्रतिशतले घटेको रिपोर्ट गरेको छ।

गत हप्ता बीवाईडीले शंघाई अटो शोमा ७८ हजार युआन मूल्यको सस्तो ह्याचब्याक सार्वजनिक गरेको छ।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

३५ थान आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ

  • Technology Khabar
  • १५ बैशाख २०८०, शुक्रबार