अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा सघाउने एप्स सार्वजनिक

Technology Khabar ११ बैशाख २०८०, सोमबार

अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा सघाउने एप्स सार्वजनिक
सांकेतिक तस्बिर

काठमाडौं ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जोसीले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न सहज बनाउने उद्देश्यसहित तयार पारिएको टुल किट एप्सको शुभारम्भ गरेका छन्।

अपाङ्गता सशक्तीकरण केन्द्र सुर्खेतले नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक स्रोतको विस्तार कार्यक्रमबाट सो टुल किट सञ्चालनमा ल्याइएको हो।

केन्द्रका कार्यकारी निर्देशक विष्णुप्रसाद शर्माले अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न सहज होस्, स्थानीय स्रोतको प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले सो टुल किट एप्स निर्माण गरिएको जानकारी दिए।
बौद्धिक अपाङ्गता भएका र सुनाइमा समस्या हुने बालबालिकालाई सो एप्स प्रभावकारी हुने बताइन्छ।

यो एप्समा अपाङ्गता भएका बालबालिकाले पढ्ने शैक्षिक सामग्रो सबै एकै ठाउँमा राखिएको छ। दैलेखको नारायण र टुल्ला नगरपालिका तथा डुङ्गेश्वर गाउँपालिका र सल्यानको शारदा नगरपालिका तथा सिद्धकुमाव र छत्रेश्वरी गाउँपालिकालगायत प्रदेशका अन्य पालिकामा सो कार्यक्रम लागू छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले अपाङ्गता भएका बालबालिकाका लागि दुल किट एप्स प्रभावकारी भएर उनीहरूको शिक्षा आर्जन गर्ने अधिकार सुनिश्चित हुने बताए। गोरखापत्रबाट

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया