बेको इलेक्ट्रोनिक्स ब्राण्डको नयाँ बर्ष योजना सार्वजनिक

  • Technology Khabar | २३ चैत्र २०७९, बिहीबार
बेको इलेक्ट्रोनिक्स ब्राण्डको नयाँ बर्ष योजना सार्वजनिक

काठमाडौं ।

युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ बर्ष २०८० लाई लक्षित गर्दै “नयाँ बर्षको उमंग, मनाऔँ बेको सँग” नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ।

साथै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनरको खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।

उक्त योजना चैत १५ देखि सिमित अवधिका लागि लागू गरिएको जनाएको छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २३ चैत्र २०७९, बिहीबार