एप्लिकेसन

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यास ब्याकको निरन्तरता

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यास ब्याकको निरन्तरता
Global IME Bank

‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच ९५५० प्रतिशत क्यास ब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ। । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आम सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच ९५५० प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आम सेवाग्राहीहरूले दुई हजार रिर्चाज गर्दा एक सय रुपैयाँ, एक हजार गर्दा पचास रुपैयाँ र एक सय रिचार्ज गर्दा पाँच रुपैयाँ क्यास ब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको जनाएको छ ।

Sajilo Visa
easy care