मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट

  • Technology Khabar | २८ फाल्गुन २०७९, आईतवार
मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट

काठमाडौं ।

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँ प्रति कारोबार र अफर अवधि भर ३०० रुपैयाँसम्म छुट लिन सक्नेछन ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • २८ फाल्गुन २०७९, आईतवार