टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ४० प्रतिशतले घट्यो

  • Technology Khabar | २८ फाल्गुन २०७९, आईतवार

काठमाडौं ।

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात घटेको देखिएको छ।

नेपाल राष्ट्र बेंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तयि स्थितिको आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म २१ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

गत आर्थिक वर्ष २०७८/२०७९ को माघ मसान्तसम्म ३६ अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात १४ अर्ब ८२ करोड ८ लाख रुपैयाँ अर्थात ४०.६ प्रतिशतले कम हो।

नेपालमा सबैभन्दा धेरै टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो ७ महिनामा चीनबाट १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

भारतबाट ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको देखिन्छ।

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार