ओरेडूले पाँच मध्यपूर्वी देशहरुका लागि ह्वावेको फाइभजी उपकरण प्रयोग गर्ने

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
ओरेडूले पाँच मध्यपूर्वी देशहरुका लागि ह्वावेको फाइभजी उपकरण प्रयोग गर्ने

काठमाडौं ।

ओरेडूले कुवेत, ओमान, इराक र ट्युनिसियाका लागि ह्वावेसँग उपकरण सम्झौतामा हस्ताक्षर गरेको छ।

टेलिकम कम्पनी ओरेडू समूहले कुवेत, ओमान, इराक र ट्युनिसियामा ह्वावेका उपकरण र फाइभजी लगायतका वायरलेस उत्पादनहरू अवलम्बन गर्न सहमत भएको जनाएको छ।

सहयोग सम्झौतामा बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस २०२३ को अवसर पारेर हस्ताक्षर भएको थियो।

यो ओरेडू र ह्वावेबीच २०२१ मा हस्ताक्षर गरिएको पाँच वर्षको विश्वव्यापी फ्रेमवर्क सम्झौतालाई पछ्याउने जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...