एप्पलले आईओएस १६ मा आईफोनका लाइभ वालपेपरहरू हटाउने

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
एप्पलले आईओएस १६ मा आईफोनका लाइभ वालपेपरहरू हटाउने

काठमाडौं ।

एप्पलले आइओएसको पछिल्लो नयाँ भर्सनमा आफ्नो लोकप्रिय फिचर्स मध्येको एकलाई चुपचाप हटाएको छ। आईफोनले अब नविनतम आईओएस १६ मा लाइभ वालपेपरहरू प्रदान नगर्ने भएको छ।

कुपर्टिनो आधारित जायन्टले पहिलो पटक यो फिचर आधा दशक अघि आईओएस ११ मा प्रदान गरेको थियो र यो फिचरलाई धेरै आईफोनधनीहरूले प्रयोग गरेका थिए। यद्यपि, ब्रान्डले यस फिचरलाई हटाएको र यसमा एप्पलको आधिकारिक डायनामिक वालपेपरहरू पनि समावेश रहेको उल्लेख गरिएको छ। डायनामिक वालपेपरहरू मूलतया लक स्क्रिनमा सारिएका (मुभ्ड) वालपेपरहरू थिए। यस फिचरलाई सक्रिय गर्नको लागि भने डिस्प्लेमा लामो प्रेस गर्नुपर्ने र त्यसपश्चात लाइभ वालपेपरको गति देख्न सकिने उल्लेख गरिएको छ।

कम्पनीले आईफोनहरूमा अनुकूलन योग्य (कष्टमाइजेबल) लक स्क्रिन फिचर प्रदान गर्ने निर्णय गरेपछि स्पष्ट रूपमा यो एउटा मुद्दा बन्न पुगेको बताइएको छ। उक्त फिचर एप्पलले पहिले आफ्नो एप्पल वाचमा प्रदान गरेको थियो। कष्टमाइजेबल लक स्क्रिनले डिस्प्लेलाई लामो समयसम्म थिचेको खण्डमा पनि काम गर्ने भएकाले आईफोन निर्माताले पुरानो सुविधा हटाएको देखिन्छ। साथै यस परिवर्तनले कम्पनीका दुई उत्पादन लाइनहरू पनि एकसाथ नजिक ल्याएको उल्लेख गरिएको छ।

अर्को शब्दमा भन्नुपर्दा तिनिहरु दुवैमा समान इनपुट विधि भएकाले एप्पलले नयाँ सुविधालाई राखेर पुरानोलाई हटाएको बताइएको छ। धेरै वा थोरै हिसाबले समान कार्यहरू प्रदर्शन गर्ने दुइओटा फिचरहरू समावेश गर्नुको सट्टा एप्पलले एक निर्बाध ‘रोबस्ट इकोसिस्टम’ निर्माण गर्न काम गरेको र दुई फरक प्लेटफर्महरूमा नियन्त्रण र कार्यक्षमतामा सहजता छनोट गरको उल्लेख गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार