भिभो प्याड २ को चिपसेट लीक, ओप्पो प्याड २ को प्रतिद्वन्द्वी हुनसक्ने

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
भिभो प्याड २ को चिपसेट लीक, ओप्पो प्याड २ को प्रतिद्वन्द्वी हुनसक्ने

काठमाडौं ।

सन् २०२२ को अप्रिलमा आएको भिभो पयाडलाई प्रतिस्थापन गर्नको लागि भीभोले नयाँ ट्याब्लेट बनाइरहेको भनी हाल अफवाहहरू आइरहेको बताइएको छ। सम्भवतः भिभो प्याड २ भनिने उक्त नयाँ ट्याब्लेटमा डाइमेन्सिटी ९००० चिपसेट समावेश गरिएको एक भरपर्दो स्रोत मानिएको डिजिटल च्याट स्टेशनले दाबी गरेको छ। साथै सोही चिपसेट वानप्लस प्याड र ओप्पो प्याड २ मा पनि रहने सम्भावना रहेको बताइएको छ।

भिभो प्याड २ लाई आगामी अप्रिलमा भिभो एक्स फोल्ड २ र भिभो एक्स फ्लिप डिभाइसहरूका साथ एक कार्यक्रममार्फत सार्वजनिक गरिने विश्वास गरिएको छ। साथै स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्म प्रयोग गर्ने पहिलो फोल्डेबल फोन भिभो एक्स फोल्ड २ हुने अपेक्षा गरिएको छ। भिभो एक्स फिल्पमा भने स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट प्रयोग गरिने अपेक्षा गरिएको छ।

मूल भिभो प्याडमा १६००x२५६० पिक्सेल रिजोल्युसन, १६ः१० एस्पेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेट भएको ११ इन्चको आईपीएस एलसीडी स्क्रिन समावेश गरिएको थियो। साथै उक्त प्याडमा स्न्यापड्रागन ८७० मोबाइल प्लेटफर्मका साथै ८जीबी र्याम र १२८जीबी/२५६ जीबीको यूएफएस ३.१ स्टोरेज समावेश गरिएको थियो।

त्यसैगरी भिभो प्याडमा अडियोका लागि भनेर चारओटा स्पिकरहरू पनि समावेश गरिएका थिए। त्यसमा ८ मेगापिक्सेल रिजोल्युसन भएको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सेलको मुख्य क्यामेराका साथै ८ मेगापिक्सेल अल्ट्रा–वाइड स्न्यापर समावेश गरिएका थिए। साथै ट्याब्लेटमा ४४ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ८,०४० एमएएच ब्याट्री रहेको थियो।

भीभो प्याड २ मा समावेश गरिने अन्य फिचरहरु र स्पेसिफिकेसनहरू भने हेर्न बाँकी नै रहेको बताइएको छ। यद्यपि भीभो प्याड २ लाई ओरिजीनल भिभो प्याडको एक योग्य उत्तराधिकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...