सोनी एक्सपेरिया १० भी रेण्डर्स लीक

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
सोनी एक्सपेरिया १० भी रेण्डर्स लीक

काठमाडौं ।

सोनीको एक्सपेरिया १० आईभी मिड–रेञ्ज गत वर्षको मे महिनामा घोषणा गरी जुनमा लन्च गरिएको थियो। तसर्थ एक्सपेरिया १० भी ले स्वाभाविक रूपमा अर्को केही महिनाको कुनै बिन्दुमा एक्सपेरिया १० आईभी को स्थान लिने अपेक्षा गरिएको छ। त्यसैगरी, सोनीको उक्त आगामी मोडेलको उच्च गुणस्तर सीएडी–आधारित रेन्डर्स परम्परागत रूपमा विश्वसनीय मानिएको स्रोतद्वारा लीक गरिएको जीएसएमएरिनाले बताएको छ।

२०२२ मोडलको तुलनामा सोनी एक्सपेरिया १० भी मोडलमा फ्रेस र नयाँ डिजाइनको अपेक्षा नगरिएको बताइएको छ। लीक भएका उक्त तस्बिरहरूमा एक्सपेरिया १० भी को बटन पोजिसनिङ, क्यामरा आइल्याण्डको साइज र शेप र एलईडी फ्ल्यास पोजिसनिङ एक्सपेरिया १० आईभीको जस्तै ठ्याक्कै उही डिजाइन ल्याङ्गग्वेजमा देखा परेको उल्लेख छ।

नयाँ मोडलले पहिलेको तुलनामा सबै साइडहरुमा थोरै मात्र मोटाई प्राप्त गरेको छ। २०२३ मोडलले २०१५–एरा टप एण्ड बेजेल्स कायमै राखेको र यसमा कुनै वाटरड्रप नोच वा होल पञ्चहरू नभएको उल्लेख गरिएको छ।

१० श्रृंखलामा स्टेरियो स्पिकरहरू फिचर गर्ने एक्सपेरिया १० भी पहिलो हुने र त्यसै कारणले गर्दा यस विषयलाई निकै ठूलो र नयाँ कुरा मानिएको छ। साथै एक्सपेरिया १० भी को डिस्प्ले डायगोनल्ली लगभग ६.१ इन्च हुने अनुमान रहेको र उक्त स्क्रिन साइज यसको पूर्ववर्ती ६ इन्च प्यानल भन्दा सानो मात्राले वृद्धि गरिएको उल्लेख गरिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १६ फाल्गुन २०७९, मंगलवार