
काठमाडौं ।
गत मार्चमा शाओमीको ब्ल्याक शार्कले चीनमा ब्ल्याक शार्क ५ श्रृंखलाको अनावरण गरेको थियो। कम्पनीले यस वर्ष पनि करिब उही समयमा ब्ल्याक शार्क ६ लाईनअपको घोषणा गर्ने अपेक्षा गरिएको छ।
यद्यपी ब्ल्याक शार्कको तर्फबाट भने ब्ल्याक शार्क ६ श्रृंखलाको बारेमा अहिलेसम्म कुनै पनि टिप्पणी नआएको बताइएको छ। ब्ल्याक शार्कको २०२३ फ्ल्यागशिपहरूमा के हुनेछ भन्ने बारे भरपर्दो टिपस्टर डिजिटल च्याट स्टेशनले उजागर गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
डिजिटल च्याट स्टेशनका अनुसार ब्ल्याक शार्क ६ सिरिजमा स्न्यापड्रागन ८ जेन २ एसओसी र फ्ल्याट २के स्क्रिनको प्याकका साथै सेल्फि क्यामराको खागि सेन्टर्ड पन्च होल समावेश गरिएको छ। पछाडिको (प्राईमरी) प्राथमिक क्यामराले ६४मेगापिक्सेलको सोनी आईएमएक्स सेन्सर प्रयोग गर्ने उल्लेख छ। साथै अल्ट्रावाइड र म्याक्रो/टेलीफोटो म्याक्रा युनिटस्हरु पनि क्यामरा सेक्सनमा साथ दिने बताइएको छ।
त्यसैगरी ब्ल्याक शार्क ६ श्रृंखलामा डुअल स्पिकरहरू फिचर गरिएको र दिगो कार्यसम्पादनका लागि “सशक्त सक्रिय कूलिङ“ समावेश भएको डिजिटल च्याट स्टेशनले बताएको छ। यसमा सेरामिक बडी टेक्स्चरको साथमा मेटल फ्रेम हुने र सम्पूर्ण प्याकेजमा१२० वाटको चार्जिङका साथ ५,००० एमएएच ब्याट्री प्रदान गरिने थप उल्लेख छ।
यद्यपी ब्ल्याक शार्क ६ श्रृंखलामा कतिवटा स्मार्टफोनहरू समावेश रहनेछन् भनी स्पष्ट नभएको बताइएको छ। गत वर्षको लन्च अनुसार हेर्ने हो भने चीनमा आरएस र प्रो संस्करणहरूसँग भेनिला मोडल जोडिएको देख्न सकिने र केहि महिना पछि नियमित र प्रो भेरियन्टहरूले विश्वव्यापी रुपमा डेब्यू गरेको देखिने अपेक्षा गरिएको छ।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार