भारतमा बिक्री गरिने सामसङ ग्यालेक्सी एस२३ सिरिज नोएडा फ्याक्ट्रीमा उत्पादन गरिने

  • Technology Khabar | १९ माघ २०७९, बिहीबार
भारतमा बिक्री गरिने सामसङ ग्यालेक्सी एस२३ सिरिज नोएडा फ्याक्ट्रीमा उत्पादन गरिने

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२३ फ्ल्यागसिप अन्ततः आधिकारी रुपमा सार्वजनिक भएका छन्। साथै उक्त आधिकारीक घोषणाको हो–हल्लाको माझ कम्पनीको केही अन्य थप गहिरो विविध तथ्यहरू बाहिरिएको बताइएको छ। सामसङले भारतमा बिक्री गरिने सम्पूर्ण ग्यालेक्सी २३ सिरिजका स्मार्टफोनहरू सामसङको नोएडा कारखानामा उत्पादन गरिने छ भनी पुष्टि गरेको छ।

यसअघि नै सामसङले भारतमा बिक्री गरिने अधिकांश स्मार्टफोनहरू स्थानीय रूपमा उत्पादन गर्दै आएको र नोएडा फ्यासिलिटी सामसङको सञ्चालनमा रहेको संसारको सबैभन्दा ठूलो मोबाइल फोन उत्पादन गर्ने कारखाना रहेको बताइएको छ। सामसङले आफ्नो फोनहरूमा चर्को आयात शुल्क र कर शुल्कलाई बाइपास गर्नका लागि आफ्नो सबै ग्यालेक्सी ए र एम सिरिजका फोनहरू स्थानीय रूपमा भारतमा नै उत्पादन गरेको उल्लेख गरिएको छ।

प्रकाशित: १९ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...