
काठमाडौं ।
चीनको प्रिमियम इलेक्ट्रिक सवारी निर्माता एनआईओको जनवरी २०२३ मा बिक्री घटेको छ। कम्पनीले प्रकाशित गरेको आफ्नो विश्व बजार बिक्री तथ्यांकमा २०२३ को पहिलो महिनामा बिक्रीमा कमी आएको देखिएको छ।
एनआईओले २०२३ जनवरीमा ८ हजार ५०६ यूनिट ईभी बिक्री गरेको छ। यो २०२२ को जनवरीको तुलनामा १२ प्रतिशत कम भएको इनसाइडईभीले उल्लेख गरेको छ।
व्यापक सवारी लाइनअप र यूररोपमा अतिरिक्त बिक्रीका बावजूत गत वर्षको तुलनामा बिक्री कम हुनु कम्पनीका लागि सकारात्मक संकेत हैन। २०२३ एनआईओका लागि चूनौतीपूर्ण वर्ष हुन सक्छ।
टेस्लाले आफ्नो मूल्यमा कटौती गर्दा चीनमा अर्डर वृद्धि भइरहेको छ। यसले आनआईओको प्रतिस्पर्धी स्थानलाई प्रभाव पार्न सक्छन्। विभिन्न मिडिया रिपोर्टका अनुसार चीनका ईभी स्टार्ट अपहरुले गत वर्षको जनवरीको तुलनामा चालु वर्षको सोही अवधिमा कमजोर बिक्री देखेका छन्।
गत डिसेम्बर आनआईओका लागि फलदायी देखिएको थियो र त्यस समय नयाँ रेकर्ड कायम गर्दै १५ हजार ८१६ यूनिट ईभी बिक्री भएको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशत वृद्धि हासिल भएको थियो।
जनवरीमा एनआईओको क्रसओभर÷एसयूभी २ हजार १९० यूनिट बिक्री भएको थियो यो गत वर्षको सोही अवधिभन्दा ७७ प्रतिशत कम हो।
प्रकाशित: १९ माघ २०७९, बिहीबार