एप्पल २०२५ देखि फोल्डेबल व्यवसायमा प्रवेश गर्ने

  • Technology Khabar | १९ माघ २०७९, बिहीबार
एप्पल २०२५ देखि फोल्डेबल व्यवसायमा प्रवेश गर्ने

काठमाडौं ।

फोल्डेबल डिभाइसहरु बजारमा देखा पर्न थालेको पर्याप्त समय भइसकेको छ। सन् २०१९ देखि आजसम्म थुप्रै ब्राण्ड र निर्माताहरुले फोल्डेबल व्यवसायमा प्रवेश गरिसकेका छन्। उक्त प्रोडक्टहरु अधिकांश तरिकामा स्मार्टफोन वा ट्याबलेट साइजको फोल्ड गर्न मिल्ने डिभाइसहरुको रूपमा उपलब्ध भइरखेका छन्।

एप्पलले फोल्डेबल व्यवसायमा प्रवेश गर्न बाँकी
एप्पल विश्वकै शीर्ष उत्पादकहरू मध्ये एक भएको उल्लेख गरिएको छ। यद्यपी फोल्डेबल डिभाइस उत्पादन गर्न बाँकी रहेका कम्पनीहरु मध्ये एप्पल पनि एक भएको थप बताइएको छ। त्यसैगरी समय–समयमा एप्पलको आफ्नै फोल्डेबल डिभाइसहरुको बारेमा अनगिन्ती अफवाहहरू बाहिर नआउने भने होइन। साथै धेरै रेन्डरहरूले पनि फोल्ड गर्न मिल्ने आईफोन कस्तो देखिनेछ भन्ने कुराको सारांश दिनको लागि अनलाइनमा प्रयासरत रहेको प्रशस्त भेटिने गरेका छन्।

उक्त सबै अफवाहहरू र रेण्डर्सहरुको साथ मिडियाहरुले एप्पललाई फोल्डिङ डिभाइस उत्पादन गर्नको लागि मनाउन खोजी रहेको जस्तो पनि देखिएको छ। अर्कोतर्फ कपर्टिनो कम्पनीसँग फोल्डेबल बजारको लागि भनेर पूर्ण रुपले फरक योजना रहेको हुन सक्ने बताइएको छ।

एप्पलले २०२५ मा फोल्डेबल नोटबुक लन्च गर्ने सम्भावना
एप्पलले २०.५ इन्च स्क्रीन भएको फोल्ड गर्न मिल्ने नोटबुकमा काम गरिरहेको बताइएको छ। उक्त डिभाइस २०२५ सम्ममा खरिदको लागि उपलब्ध हुने भनी जानकारी डिस्ले विशेषज्ञ रोस योङ्गले बताएका छन्।

यद्यपी रोस योङ्गले ट्वीटमा सेयर गरेको सुचान भने एप्पलको २०२४ मा रिलिज गरिने भनेको फोल्डेबल आईप्याडको योजनाको अफवाहसँग मेल नखाने र विरोधाभासपूर्ण रहेको बताइएको छ। अर्को वर्ष रिलिज गर्नको लागि भनेर एप्पलले त्यस्तो खालको डिभाइस डेभलप गरिरहेको कुनै पनि प्रमाण योङ्गले नदेखेको वा नभेट्टाएको बताएका छन्। साथै ब्लूमबर्गका मार्क गुर्मनले पनि रोस योङ्गको उक्त विचारलाई समर्थन गरेको उल्लेख गरिएको छ।

एप्पलले अल–स्क्रिन डिस्प्ले भएको फोल्डेबल म्याकबुक विकास गरि रहेको अफवाह पनि केही समय देखि हामी माझ आईरहेको छ। यसअघि उक्त विषयको बारेमा रोस यंगले गत २०२२ को फेब्रुअरीमा उल्लेख गरिसकेका थिए। एप्पलले २० इन्चको डिस्प्ले सहित फोल्ड गर्न मिल्ने नोटबुकहरू बनाउने बारेमा आफ्ना आपूर्तिकर्ताहरूसँग कुरा गरिरहेको भनी रोसले बताएको उल्लेख गरिएको छ।

टुडेज रिपोर्टमा उल्लेख गरिए अनुसार एप्पलले अझै फोल्डेबल ल्यापटपमा काम गरिरहेको बताइएको छ। उक्त ल्यापटप फोल्ड गर्दा गरेको खण्डमा पूर्ण आकारको स्क्रिन किबोर्ड बन्ने र आफोल्ड गरियो भने एक्सटर्नल किबोर्डका साथ प्रयोग गर्न सकिने भनी बताइएको छ। एप्पलका सीईओ कुकले उक्त ल्यापटप कम्पनीको लागि पूर्ण रूपमा नयाँ उत्पादन क्याटेगोरीमा पर्ने जानकारी दिएका छन्।उक्त ल्यापटपको नयाँ डिजाइनमा दुईवटा स्क्रिन रहने बताइएको छ। उक्त ल्यापटप अन्य फोल्डेबल म्याक ल्यापटपहरू भन्दा फरक हुने बताइएको छ। एउटा मात्र स्क्रिन, किबोर्ड र ट्र्याकप्याड भएका ल्यापटपहरुभन्दा उक्त ल्यापटप भिन्न रहने बताइएको छ। अफवाहमा रहेको उक्त २० इन्चको फोल्डेबल डिभाइसलाई आईप्याड, म्याक, वा अरू केहि भनिने हो भन्ने बारेमा अझै अस्पष्टत रहेका उल्लखे गरिएको छ। यद्यपि यस्तो तवरको फोल्ड गर्न मिल्ने उपकरणको लागि २०२४ धेरै चाँडै भएको धेरै स्रोतहरूको विश्वास रहेको बताइएको छ।

प्रकाशित: १९ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...