शाओमी प्याड ६ र प्याड ६ प्रो स्पेक्स बाहिरियो

  • Technology Khabar | १९ माघ २०७९, बिहीबार
शाओमी प्याड ६ र प्याड ६ प्रो स्पेक्स बाहिरियो

काठमाडौं ।

शाओमी प्याड ५ र शाओमी प्याड ५ प्रो ले २०२१ मा शाओमीको ट्याब्लेट रेञ्जलाई पुनः जीवन्त बनाएको थियो। त्यसपश्चात सन् २०२२ मा प्याड ५ प्रो १२.४ र रेडमी प्याड देखा परेको बताइएको छ। साथै २०२३ को लागि भनेर योजना गरिएका शाओमीले नयाँ ट्याबलेटे देखा परेको उल्लेख गरिएको छ। उक्त नयाँ शाओमी प्याड ६ र प्याड ६ प्रो को स्पेक्सहरुको बारेमा टिप्सटर डिजीटल च्याट स्टेसनले विवरणहरु सार्वजनिक गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

शाओमीको उक्त दुई प्याड ६ मोडलमा २८८० x १८००पीएक्स रिजोलुसन र १२०/ १४४ हर्ज रिफ्रेस रेट भएको ११–इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश गरिने बताइएको छ। साथै उक्त प्यानलहरुले एचडीआर१०प्लस र डल्बी भीसन सपोर्ट गर्ने बताइएको छ। शाओमी प्याड ६ मा स्न्यापड्रागन ८७० चिपसेट समावेश गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी प्याड ६ प्रो मा भने स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटका साथै १२जीबी र्याम र ५१२जीबी स्टोरेज समावेश गरिने अपेक्षा गरिएको  छ। साथै दुबै ट्याबलेट्समा फिङ्गरप्रिण्ट स्क्यानरका साथै ६७ वाटको फास्ट चार्जिङ समावेश गरिनेछ।

प्रकाशित: १९ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...