स्पेनमा २०२२ मा बिक्री भएको १० कारमध्येमा एक रिचार्जेबल

  • Technology Khabar | ६ माघ २०७९, शुक्रबार
स्पेनमा २०२२ मा बिक्री भएको १० कारमध्येमा एक रिचार्जेबल

काठमाडौं ।

स्पेनमा सन् २०२२ मा नयाँ प्यासेन्जर कार ८ लाख दर्ता भएको छ। यो संख्या २०२१ को तुलनामा कार दर्ता संख्या केही प्रतिशले घटेको इनसाइडइभीले उल्लेख गरेको छ।

प्लग इन इलेक्ट्रिक कार सेग्मेन्ट नियमित रुपमा बढ्दो क्रममा छ। गत वर्षको तुलनामा डिसेम्बरमा सुस्त देखिए पनि प्लग इन इलेक्ट्रिक कारले दर्तामा नयाँ रेकर्ड बनाएको हो।

डिसेम्बरमा ८ हजार २३६ नयाँ प्लग इन इलेक्ट्रिक कार दर्ता भएको छ। गत वर्षको डिसेम्बरको तुलनामा २.५ प्रतिशत कम हो। तर यो कुल बजारको ११ प्रतिशत हो।

रिचार्जएबल कारको बिक्रीको अधिकतम हिस्सा प्लग इन हाईब्रिडले ओगटेको छ। समग्रमा अल इलेक्ट्रिक कारको बिक्रीमा पनि यसको प्रभाव देखिएको छ।

सन् २०२२ मा ७९ हजार भन्दा बढी नयाँ प्यासेन्जर प्लग इन स्पेनमा दर्ता भएका छन्। गत वर्षको तुलनामा १८ प्रतिशतको वृद्धि हो। यो भनेको बजारको कुल १० प्रतिशत हिस्सा हो। गत वर्ष ७.६ प्रतिशत रिचार्जएबल कार दर्ता भएका थिए।

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Nepal certifies first cohort of Driving Naari Nepal

  • Technology Khabar
  • ६ माघ २०७९, शुक्रबार