जापानी प्रधानमन्त्री किशिदासँग एप्पलका सीईओ टिम कुकको एप स्टोर प्रतिबन्धको बारेमा चिन्ता व्यक्त

  • Technology Khabar | १७ पुष २०७९, आईतवार
जापानी प्रधानमन्त्री किशिदासँग एप्पलका सीईओ टिम कुकको एप स्टोर प्रतिबन्धको बारेमा चिन्ता व्यक्त

काठमाडौं ।

एप्पलका सीईओ टिम कुकले जापानी प्रधानमन्त्री फुमियो किशिदा समक्ष स्मार्टफोन एप्सको वितरणलाई नियमन गर्दा प्रयोगकर्ताहरुको सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको स्रोतहरुलाई उद्रधृत गर्दै शुक्रबार नक्कीले रिपोर्टमा उल्लेख गरेको छ।

एप्पलले आफ्नो एप स्टोरको प्य्राक्टीसहरुमा उच्च छानबिन स्क्रुटिनी सामना गर्ने गरेको बताइएको छ। एप्पलले भुक्तानी र सदस्यताहरुमा ३० प्रतिशत शुल्क लिनुका साथै आइफोनहरुमा थर्ड पार्टिद्वारा उपलब्ध हुने वा गराइएको एपहरुलाई प्रयोग गर्न स्वीकृती नदिने गरेको बताइएको छ।

त्यसैगरी कुकले किशिदालाई एप्स वितरणका नियमहरुले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सुनिस्चित गर्दै कमजोर नपार्न आग्रह गरेको रिपोर्टमा थप बताइएको छ।

यद्यपि एप्पल र जापानी प्रधानमन्त्रीको कार्यालय दुबैले उक्त विषय सम्बन्धि तत्तकाल केहि प्रतिक्रिया नदिएको रोयटर्सले बताएको छ।

एप्पलले जापानीज सप्लाई नेटवर्कको लागि विगत पाँच वर्षमा १०० बिलियन भन्दा बढी अमेरिकी डलर लगानी गरेको बताइएको छ। यस महिनाको शुरुवातमा एप्पलका सीईओ टिम कुकले जापान भ्रमणमा गरेका थिए।

पछिल्ला केहि वर्षहरुमा एप्पलको रेभिन्यू द्रुत गतिमा बढी रहेको र हाल प्रति क्वाटर करिब १९ बिलियन डलर रहने बताइएको छ।

प्रकाशित: १७ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार