टाटा मोटर्सले हाइड्रोजन इन्जिन र ईभी ब्याट्री बनाउने, अमेरिकी कम्पनीसँग सम्झौता

  • Technology Khabar | २ मंसिर २०७९, शुक्रबार
टाटा मोटर्सले हाइड्रोजन इन्जिन र ईभी ब्याट्री बनाउने, अमेरिकी कम्पनीसँग सम्झौता

काठमाडौं ।

टाटा मोटर्स पछिल्लो सवारी साधनबाट हुने प्रदूषण कम गर्ने तर्फ काम गरिरहेको छ। यस्तोमा कम्पनीले हाइड्रोजनबाट सञ्चालन हुने इन्जिनका साथै इलेक्ट्रिक सवारीमा प्रयोग हुने ब्याट्री निर्माण गर्ने योजनामा रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस परियोजनाका लागि टाटाले अमेरिकाको कमर्शियल सवारी निर्माण गर्ने कम्पनीसँग एमओयू सम्झौता गरेको छ।

टाटा संसका कार्यकारी अध्यक्ष एन चन्द्रशेखरन र कमिंस इंकका कार्यकारी अध्यक्षय टम लाइनबर्गरले मुम्बई स्थित टाटा संसको मुख्यालयामा १४ नोभेम्बरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

कमिंससँग २८८ बीएचपी आउटपुट र १२०० न्यूटन मिटर टर्क जेनेरेट गर्ने बी६.७एच हाइड्रोजन इन्जिन छ। यो नयाँ इन्जिन प्लेटफर्म हो। जसले पवार डेन्सिटी बढाउने, फ्रिक्सन लस कम गर्ने र थर्मल दक्षता सुधार गर्ने आधुनिक प्रविधिक लगायत विशेषता छ।

कमिंस इंकको पोर्टफोलियामा चौथो जेनेरेसनको हाइड्रोजन इन्धन सेल इन्जिन पनि छ। यसलाई ट्रक तथा बसमा प्रयोग गरिन्छ। फ्यूल सेल टेक्नोलोजी १३५ किलोवाट सिंगल र २७० किलोवाट डुअल मोड्यूलमा उपलब्ध छ। कमिंससँग एउटा ब्याट्री पोर्टफोलियो छ। जसमा लिथियम आयरन फोस्फेट (एलएफपी) र निकेल म्यागनीज कोबाल्ट (एनएमसी) दुबै ब्याट्री प्याक छ।

टाटा मोटर्सको सवारीका लागि कमिंस मिड रेञ्ज बी सिरिज डिजल इन्जिन बनाउनका लागि सन् १९९३ देखि सहकार्य गर्दै आइरहेका छन्।

जुन २०२२ मा टाटा मोटर्सले इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट १५ हाइड्रोजन आधारित प्रोटोन एक्सचेन्ज मेम्ब्रेन (पीईएम) इन्धन सेल बस निर्माण गर्न अडर प्राप्त गरेको छ। आईओसीएलले डिसेम्बर २०२० मा फ्यूल सेल बस आपूर्ति गर्नका लागि टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर टाटा मोटर्सले पाएको थियो।

टाटा मोटर्सले सम्झौता मितिको १४४ हप्तामा १५ बस डेलिभरी गर्नु पर्नेछ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार