चाडपर्व पश्चात पनि बैंक अफ काठमाण्डूको २५% सम्मको नगद फिर्ता योजना

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
चाडपर्व पश्चात पनि बैंक अफ काठमाण्डूको २५% सम्मको नगद फिर्ता योजना

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले चाडवाडपछि पनि २५ प्रतिशतसम्मको क्यासब्याक योजना संचालन गर्ने भएको छ।

ग्राहकलाई विद्युतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको जनाएको छ।

यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन्।

यो योजना कात्तिक १५ गते मंगलबारबाट कात्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार