इलेक्ट्रिक मिनीको उत्पादन बेलायतको अक्सफोर्डबाट चीनमा सारिने

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
इलेक्ट्रिक मिनीको उत्पादन बेलायतको अक्सफोर्डबाट चीनमा सारिने

काठमाडौं ।

बीएमडब्लूले आफ्नो केही इलेक्ट्रिक कारको उत्पादन चीनमा सरेको भए पनि अक्सफोर्ड “मिनी उत्पादनको केन्द्रमा रहने” जोड दिन्छ।

पहिलो विद्युतीय मिनी २०२० मा सहरको काउली प्लान्टमा निर्माण गरिएको थियो र सबै मिनीहरू २०३० सम्ममा विद्युतीय हुनेछन्।

बीएमडब्लूले आफ्नो ह्याचब्याक र सानो एसयूभी इलेक्ट्रिक मिनि चीनमा निर्माण सुरु हुने बताएको छ। यसको इलेक्ट्रिक कन्ट्रीम्यान मोडेल जर्मनीको लाइपजिगमा निर्माण हुने बीबीसीले उल्लेख गरेको छ।

एक प्रवक्ताले अक्सफोर्डमा रोजगारीमा कुनै असर नहुने बताएका छन।

सन् २०१८ मा चिनियाँ निर्माता ग्रेट वाल मोटरसँग सम्झौता गरेपछि बीएमडब्ल्यूले चीन र अक्सफोर्डमा विद्युतीय कार उत्पादन गर्ने बताएको छ।

समाचारअनुसार काउलीका कामदारहरूले मिनी कूपर तीन-ढोका र पाँच-ढोका भएका ह्याच मोडेलहरू निर्माण गर्ने यसले भनेको छ। मिनी कन्भर्टिबल पनि सन् २०२५ देखि प्लान्ट अक्सफोर्डमा बनाइनेछ।

“यो हाम्रो सबैभन्दा महत्त्वपूर्ण कारहरू मध्ये एक हो र विश्वव्यापी बेस्ट-सेलर हो, र यसले भविष्यमा हाम्रो प्रतिबद्धतालाई थप संकेत गर्दछ। प्लान्ट अक्सफोर्ड मिनी उत्पादनको केन्द्रमा रहनेछ,” बीएमडब्लूका प्रवक्ताले भने।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • ६ कार्तिक २०७९, आईतवार