ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपाल आउँदै

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार
ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपाल आउँदै

काठमाडौं ।

एमएडब्लू वृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ। कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको हो।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न लागिएको कम्पनीले जनाएको छ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगेलियन ओमगा गुरुप अफ विजनेसको सदस्य हो। यो भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पाट्र्स निर्माणमा केन्द्रित छ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको कम्पनीले जनाएको छ।

विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन–हाउस आरएन्डडी सुविधामा थ्री व्हिलर सवारी साधनहरू आकर्षक डिजाइनमा विकास गरेको हो।

कार्गाे सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी भारतको नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनी सुरुवात भएको कम्पनीको वेबसाइटमा उल्लेख छ।

इलेक्ट्रिक थ्री व्हिलरवाट आफ्नो यात्रा सुरु गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै छ।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २८ आश्विन २०७९, शुक्रबार