निउ टेक्नोलोजीले सेडियम-आयन ब्याट्री प्रयोगमा ल्याउने

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
निउ टेक्नोलोजीले सेडियम-आयन ब्याट्री प्रयोगमा ल्याउने

काठमाडौं ।

निउ टेक्नोलोजीले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीमा वैकल्पिक प्रविधि अपनाउने भएको छ। निउका सीईओ ली यानले कम्पनी वैकल्पिक नयाँ ब्याट्री प्रविधि विकासमा केन्द्रित रहेको बताएका छन्।

कम्पनीले सन् २०२३ मा सोडियम–आयन ब्याट्रीबाट सुसज्जित आफ्नो पहिलो दुई पांग्रे विद्युती सवारी सार्वजनिक गर्ने योजना बनाएको पानडेल्लीले उल्लेख गरेको छ।

समान रेञ्जको सोडियम-आयन ब्याट्री लिथियम ब्याट्रीभन्दा भारी हुन्छ र यसबाट खर्च कटौती गर्न सकिने लीले भनेका छन्। विद्युतीय सवारीसाधनको बढ्दो लागतलाई घटाउनका लागि अन्य आवश्यक उपायहरु खोज्नु पर्नेमा उनको जोड छ।

मूल्य वृद्धि, महामारी र कच्चा पदार्थको अभावमा विद्युतीय सवारी उत्पादकहरुले नियमित रुपमा मूल्य बढाइरहेका छन्। यस्तो लिथियम आयन ब्याट्रीको मूल्य पनि बढिरहेको छ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले आफ्नो लिथियम आयन ब्याट्रीको मूल्य २९.५८ अमेरिकी डलरबाट बढाएर १४७.९ अमेरिकी डलर पुर्याइएको छ। कम्पनीको लिथियम आयन ब्याट्रीमा भएको वार्षिक मूल्य वृद्धि दर ७ प्रतिशत रहेको छ।

अन्य प्रतिस्पर्धी कम्पनीले सोही अवधिमा ९ देखि १५ प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन्।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...