अब ह्वाट्सएप ह्याक गर्न गाह्रो हुने, नयाँ फिचरमा काम गर्दै कम्पनी

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
अब ह्वाट्सएप ह्याक गर्न गाह्रो हुने, नयाँ फिचरमा काम गर्दै कम्पनी

काठमाडौं ।

ह्वाट्सएपले प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याउने क्रम जारी राखिरहेको छ। नयाँ फिचरको माध्यमबाट कम्पनी प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ चाहन्छ।

पछिल्लो समय कम्पनी नयाँ फिचरमा काम गरिरहेको छ। नयाँ फिचर रोलआउट भएपछि ह्याकरहरुलाई पनि ह्वाट्सएप ह्याक गर्न धेरै गाह्रो हुने दाबी गरिएको छ।

ह्वाट्सएपको नयाँ सेक्युरिटी फिचरमा काम गरिरहेको डब्लूएबीटाइन्फोले जानकारी दिएको हो।

रिपोर्टका अनुसार ह्वाट्सएपले इन्स्टाग्रामको जस्तै लगइन अप्रुवल फिचरमा काम गरिरहेको छ। कुनै नयाँ डिभाइसबाट ह्वाट्सएप लगइन गर्दा नोटिफिकेसन प्राप्त हुन्छ।

यस्तो नोटिफिकेसन हालका लागि इन्टाग्राम तथा फेसबुक अन्य डिभाइसमा लगइन गर्दा प्राप्त हुन्छ।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...