भारतको अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारको आईटी प्रणालीमा साइबर हमला

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
भारतको अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारको आईटी प्रणालीमा साइबर हमला

काठमाडौं ।

छिमेकी देश भारतको सबैभन्दा ठूलो अनलाइन बीमा कम्पनी पोलिसी बजारको आईटी प्रणाली ह्याक भएको छ। पोलिसी बजार कम्पनी पीबी फिनटेकले नै  ह्याक भएको जानकारी दिएको हो।

कम्पनीले भनेअनुसार पोलिसी बजारले १९ जुलाईमा आईटी प्रणालीको एक भागमा केहि त्रुटिको बारेमा गुनासो प्राप्त गरेको थियो जुन अवैध र अनाधिकृत पहुँचको अधीनमा थियो। तर, यो त्रुटि लगभग ठीक भइसकेको छ।

यस विषयमा पोलिसी बजारले सम्बन्धित निकायलाई सम्पर्क गरी कानूनबमोजिम कारबाही गरिरहेको कम्पनीले जनाएको छ । यद्यपि, कम्पनीले आफ्ना ग्राहकहरूलाई उनीहरूको डाटामा कुनै छेडछाड नगरेको आश्वासन दिएको छ।

कम्पनीले पोलिसी बजारले सधैं आफ्नो प्रणालीको सुरक्षालाई प्राथमिकता दिएको बताएको उल्लेख गरेको छ। “हामी लागू कानून बमोजिम यस बारे थप अद्यावधिकहरू जारी गर्नेछौं,” कम्पनीले भनेको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार