
काठमाडौं ।
विश्वको पहिलो ठूलो परिमाणमा उत्पादन भएको प्योर इलेक्ट्रिक कार ‘निसान लिफ’ बन्द हुने भएको छ। विश्वमा इलेक्ट्रिक कारको माग वृद्धि भइरहँदा विश्वकै पहिलो ईभी उत्पादकले उत्पादन बन्द गर्ने घोषणा गरेको छ।
ईभी बजारमा आएको नयाँ प्रविधिसँगै कम्पनी अभयस्त हुन नसक्दा उत्पादन बन्द गर्नु पर्ने अवस्थामा आईपुगेको हो।
गिजचाइनाका अनुसार निसान लिफ सन् २०२५ देखि उत्पादन हुने छैन। यो कार सन् २०१० डिसेम्बरमा सार्वजनिक गरिएको थियो। उक्त समयमा टेस्लाले रोडस्टर मात्र उत्पादन गरेको थियो।
निसान लिफ पहिलो पटक सार्वजनिक हुँदा यसको रेञ्ज १७५ किलोमिटर थियो। ईभीमा २४ किलोवाट आवरको ब्याट्री दिइएको थियो। उक्त ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्थ्यो। मोटरको अधिकतम पावर ८० किलोवाट र अधिकतम २८० एनएम तथा उच्च गति १४५ किलोमिटर प्रति घण्टा रहेको थियो।
कारको शुरुवाती मूल्य करिब २२ हजार अमेरिकी डलर थियो। ईभीको सबैभन्दा सकारात्मक पक्ष भनेको ब्याट्री एकदमै सुरक्षित थियो। धेरै संस्थाहरुले यसलाई समर्थन पनि गरेका छन्।
निसान लिफले केही सम्पानहरु पनि प्राप्त गरेको थियो। विश्वको पहिलो ठूलो परिमाणमा उत्पादन भएको प्योर इलेक्ट्रिक कार, विश्वको सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार, वर्षको विश्व कार, वर्षको यूरोपियन कारलगायत सम्मान निसान लिफले प्राप्त गरेको छ।
निसान लिफ नेपालमा पनि बिक्री हुँदै आइरहेको छ।
पायोनियर मोटो कर्प नेपालका लागि निसानको आधिकारिक बिक्रेता रहेको छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार