
काठमाडौं ।
नेपालमा एडल्ट कन्टेन्ट अर्थात अश्लिल सामग्रीहरु माथि प्रतिबन्ध लगाइएको छ तर पनि मानिसहरु गोप्य रुपमा एडल्ट कन्टेन्टहरु हेरिरहेका हुन सक्छन्। सरकारी आदेशपछि नेपालका सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आफ्ना नेटवर्कमा पोर्नसँग सम्बन्धित वेबसाइट तथा त्यस्ता सामग्रीहरुमा प्रतिबन्ध लगाएका छन्।
सामान्यतया, फोनमा यस्तो सामग्री हेर्नेहरूले आफू निजी अर्थात प्राइभेट मोडमा हेरिरहेको महसुस गर्छन् र यसले कसैलाई चोट पुर्याउँदैन भन्ने ठान्दछन्, तर सत्य यसको ठीक उल्टो छ। सत्य यो हो कि तपाइँ अन्य कुनै पनि सामग्री हेर्दा ट्र्याक हुन सक्नुहुन्छ वा हुनुहुन्न, तर हजारौं एआई बटहरूले पोर्न कन्टेन्ट वेबसाइटमा हेर्दा तपाइँलाई निगरानी राख्छन्।
पोर्न हेर्दा ट्र्याकिङ कसरी गरिन्छ र यस ट्र्याकिङका बेफाइदाहरू के के छन् बुझौं?
ब्राउजिङ हिस्ट्री ट्र्याक
जब प्रयोगकर्ताहरूले यस्तो सामग्री हेर्दछन्, मोबाइल सेवा अपरेटरले सबैभन्दा पहिले यसको जानकारी प्राप्त गर्दछ। यसपछि प्रयोगकर्ताको फोनमा रहेका विभिन्न एप्सले त्यस अवधिमा गुप्तचर एजेन्सीको जस्तै प्रयोगकर्तामाथि नजिकबाट नजर राख्छन वा प्रयोगकर्ताको सम्पूर्ण ब्राउजिङ हिस्ट्री ट्र्याक गरिन्छ। अब ब्राउजिङ प्याटर्नअनुसार प्रयोगकर्ताको ट्र्याकिङ गरिन्छ। ट्र्याकिङको समयमा, प्रयोगकर्ताको सोशल मिडिया प्रोफाइल पनि खोजी गरिन्छ।
यस्ता बोटहरुले तपाईँको डिभाइसको हरेक जानकारी ट्र्याक गर्नसक्दछन र त्यसैअनुसार तपाईँको डाटा संकलन गर्ने गर्दछन्।
विज्ञापन देखाइन्छ
ट्र्याकिङको समयमा, प्रयोगकर्ताको सबै जानकारी प्राप्त गरेपछि, प्रयोगकर्तालाई कुन विज्ञापन देखाउने निर्णय गरिन्छ। यदि प्रयोगकर्तालाई ट्र्याकिङमा पोर्नको लत लागेमा, त्यससँग सम्बन्धित विज्ञापनहरू मात्र प्रयोगकर्तालाई देखाइन्छ।
पहिले पेड सर्भिस लिने लक्षित
पोर्न हेर्नका लागि पेड सर्भिस लिने मानिसहरु पनि छन् । भुक्तानीसहितका सेवा भएका व्यक्तिहरू यस्तोमा पहिले लक्षित हुन्छन्।
यस्ता व्यक्तिलाई सेवा दिंदा बैंक खाताको विवरण खोसेर लैजान्छ। ध्यान राख्नुहोस्, यदि तपाईंले पनि यसो गर्नुभयो भने, तपाईंको क्रेडिट र डेबिट कार्डको पनि दूरुपयोग हुन सक्छ।
पोर्न हेर्नु गंभिर नोक्सानी हुन सक्ने
पोर्न साइटहरू हेर्ने वा यससँग सम्बन्धित कुनै फाइल डाउनलोड गर्ने प्रयोगकर्ताहरूको फोनमा मालवेयर घुसाउने पूर्ण जोखिम हुन्छ। यस मालवेयरमार्फत प्रयोगकर्ताको बारेमा ह्याकरहरुले पछि जासुसी गर्न सक्नेछन्। यस्ता मालवेयर मार्फत, प्रयोगकर्ताहरूको डाटा चोरी गरेर र उनीहरूको व्यक्तिगत फोटोहरू सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्न सक्नेछन्।
त्यसैले तपाईँ पनि अश्लिल सामग्रीहरु अर्थात पोर्न कन्टेन्ट भएका वेबसाइट वा एप्स प्रयोग गरिरहनु भएको छ भने सतर्क हुनुहोस्।
प्रकाशित: १ श्रावण २०७९, आईतवार