आव २०७७/७८ मा सञ्चार मन्त्रालयको बेरुजु ७.८३ प्रतिशत, धेरै बेरुजु हुनेमध्ये चौथो

  • Technology Khabar | २९ असार २०७९, बुधबार
आव २०७७/७८ मा सञ्चार मन्त्रालयको बेरुजु ७.८३ प्रतिशत, धेरै बेरुजु हुनेमध्ये चौथो
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सबैभन्दा धेरै बेरुजु हुने मन्त्रालय मध्ये भएको छ।

महालेखा परिक्षकको कार्यालयले आज बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बेरुजुको प्रतिवेदनअनुसार सञ्चार मन्त्रालय सबैभन्दा धेरै बेरुजू हुने मन्त्रालय भएको उल्लेख छ।

महालेखाको ५९ औं प्रतिवेदनअनुसार संचार मन्त्रालयमा ७.८३ प्रतिशत बेरुजू रहेको छ र यो सबै मन्त्रालयहरु मध्ये चौथो धेरै बेरुजू भएको मन्त्रालय हो।

महालेखाले सो आवका लागि १५ अर्ब ३८ करोड ८५ लाख रुपैयाँ बराबरको लेखापरीक्षण अंकमध्ये मन्त्रालयमा २५.१८ प्रतिशत रकम बेरुजू रहेको छ।

महालेखाकाअनुसार सो मध्ये ३ अर्ब ६५ करोड ३१ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ भने १९ करोड २० लाख रुपैयाँ नियमित गर्नुपर्ने देखिएको छ।

त्यस्तै बेरुजू अंकमध्ये २ करोड ९५ लाख रुपैयाँ पेस्की रकम भएको प्रतिवेदनमा रहेको छ ।

सो आधारमा हेर्दा सञ्चार मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अब ८७ करोड ४६ लाख रुपैयाँ कुल बेरुजू रकम देखिएको छ।

सञ्चार मन्त्रालय भन्दा अगाडि पहिलो स्थानमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धेरै बेरुजू हुने मन्त्रालय रहेका छन्।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...