
काठमाडौं ।
फ्रान्सेली कार निर्माता रेनोले सेमिकण्डक्टर (अर्धचालक)हरूको उपलब्धतामा केही सुधार देखिरहेको छ।
कम्पनीले पहिलो अर्धवार्षिकको तुलनामा यस वर्षको दोस्रो भागमा सेमीकन्डक्टरहरूको उत्पादनको स्तर उल्लेखनीय रूपमा उच्च हुने अपेक्षा गरेको छ, रेनो ब्रान्ड प्रमुख अपरेटिङ अफिसर फाब्रिस क्याम्बोलाइभले बताएका छन्।
विश्वभर अटोमोबाइल कम्पनीहरुले चिपसेटको अभावका कारण आफ्ना उत्पादनहरुमा कटौती गर्न वा ढिलाई गरिरहेका छन्। यसमा अटोमेकर रेनो पनि यसबाट पिडित रहेको छ।
प्रकाशित: २९ असार २०७९, बुधबार