मुस्ताङमा नेपाल टेलिकमको थ्रीजी मोबाइल सेवा

  • Technology Khabar | २६ असार २०७९, आईतवार
मुस्ताङमा नेपाल टेलिकमको थ्रीजी मोबाइल सेवा
सांकेतिक तस्बिर

काठमाडौं ।

मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलिकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ।

नेपाल टेलिकम मुस्ताङ कार्यालय प्रमुख सुमनराम श्रेष्ठले ताङ्बे र छाक्ताङ मोबाइल टावरमा थ्रीजी सेवा राखिएको बताए। यसअघि छुसाङसम्म नेटवर्क थियो।

त्यहाँदेखि ताङ्वेसम्मको साढे तीन किलोमिटर फाइबर सँगै टावरमा आवश्यक ब्याट्रीलगायत सामग्री प्रदेश सभा सांसद चन्द्रमोहन गौचनले सांसद विकास कोषको बजेटबाट खरिद गरेपछि सेवा विस्तार भएको जानकारी उनले दिए।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सांसद गौचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित तीन लाख रुपियाँ बजेटबाट बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, ताङ्वेमा टावर राखेपछि त्यस क्षेत्रका जनताले थ्रीजी मोबाइल सेवा उपभोग गर्न सहज बनेको छ।

यहाँका ९६ वटा गाउँमध्ये अधिकांशमा थ्रीजी मोबाइल सेवा नेटवर्क पुगिसकेको छ। गोरखापत्रबाट

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २६ असार २०७९, आईतवार